सशस्त्र प्रहरीद्वारा सुनसरीबाट हुन्डीको आशंकामा १ करोड १ लाख रुपैयाँ बरामद

लोकपथ
378
Shares

काठमाडौं । सशस्त्र प्रहरीले शनिबार राति हुन्डीको आशंकामा १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ । सुनसरीको हरिनगर गाँउपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाइन्टको टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा सो रुपैयाँ बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार, कारभित्र बोरामा लुकाइछिपाइ राखेको अवस्थामा रकम बरामद भएको हो । बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ ।

रकमसँगै कार र सु्नसरीको हरिनगर गाउँपालिका–५ बस्ने कार चालक अन्दाजी ४७ वर्षीय इसा अन्सारीलाई समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक सोधपुछमा उनले सो रकमको श्रोत खुलाउन सकेका छैनन् ।

नगद रकम, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?