संविधान दिवसमा ‘ह्रस्व दीर्घ’

लोकपथ
21
Shares

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ संविधान दिवसको दिन अर्थात असोज ३ गते रिलिज हुने भएको छ । यसअघि यो फिल्मले असोज ११ लाई रिलिज मिती तोकेको थियो ।

निर्मात्री नीताले वितरण कम्पनी र निर्माण टिमको सल्लाहमा फिल्मको रिलिज हेरफेर गरिएको बताइन् । ‘हाम्रो फिल्म कुन मितिमा ल्याउने विषयमा हामी गम्भीर छौं । त्यसकारण असोज ३ प्रदर्शनको लागि उपयुक्त दिन ठानेर उक्त मिती रोजिएको हो,’ नीताले भनिन् । फिल्मको यतिबेला धमाधम डबिङको काम भइहेको छ । फिल्मको डबिङका लागि अभिनेत्री विपना थापा नेपालमा छिन् ।

चन्द्र पन्त निर्देशित फिल्ममा नीतासँगै, हरिहर अधिकारी, दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायतको अभिनय छ ।

सोसल ड्रामासहितको प्रेमकथामा आधारित फिल्म भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ । अभिनेता हरिरहर अधिकारीको कथा रहेको फिल्ममा बलिउडका स्थापित छायाँकार कविरलालको छायांकन छ ।
नीता फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा मित्र डि गुरुङको सम्पादन, धनञ्जय घलानीको कास्टिङ, रामजी लामिछाने र बलिउड कोरियोग्राफर शुष्मा सुमनको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?