‘भोट आउने जिल्लामा मात्र संघ विस्तार गर्ने प्रवृत्ति मौलायो’

लोकपथ
98
Shares

काठमाडौं । नेपाल खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले संघहरुले आफूलाई भोट आउने जिल्लामा मात्र संघ विस्तार गर्ने गलत प्रवृत्ति रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय चेस प्रतियोगिताको उद्घाटन गर्दै उनले, जिल्ला संघहरु खेल विकास र विस्तारको निम्ती सजिलै खेल्न सकिने खेलहरुले ७७ जिल्लामा नै खेल संघ विस्तार गर्न सकिने तर कतिपय खेल संघहरुले आफूलाई भोट आउने जिल्लामा मात्र संघ विस्तार गर्ने प्रबृत्ति विकास भएको बताए ।

उनले भने, ‘हामीले खेल विकास र विस्तारको निम्ती ७७ वटै जिल्लामा खेल संघ विस्तार गर्न सकिन्छ । तर कतिपय खेल संघहरुले आफूलाई भोट आउने मात्र जिल्लामा संघ बनाउने काम भएको छ । जुन गलत छ ।’

उनले खेलकुदको कार्यक्रममा आसन र भाषणले समय वर्वाद गरिराखेको भन्दै यस्तो प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक रहेको बतताए । धेरै भन्दा धेरै खेलकुदलाई व्यवस्थित र व्यवसायिक बनाउने कुरामा परिषद्को जोड रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?