अभ्यास खेलमा श्रीलंका विजयी

लोकपथ
0
Shares


काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा श्रीलंका विजयी भएको छ । शुक्रबार राति भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ४१ रनले पराजित गरेको हो ।

श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १६३ रन बनाएको थियो । आयरल्याण्डको पारि भने १८.२ ओभरमा १२२ रनमा समेटिन पुग्यो । टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले सर्वाधिक ३२ रनको नट आउट पारि खेल्दा कप्तान वानेन्दू हसरंगाले २६ रन जोडे ।

त्यसैगरी पथुमनिसनकाले २२ रन बनाउँदा दासुनसनकाले २३ रन बनाए । यसैगरी सदिरा समरविक्रमा र कुसल मेन्डिसले १३–१३ रन जोडेका थिए । आयरल्याण्डका जोस लिटल र बेरी म्याकार्थीले दुई-दुई विकेट लिए ।

जवाफमा मध्यम सुरुआत गरेको आयरल्याण्डले जित भने निकाल्न सकेन । आयरल्याण्डका लागि कर्टिस कामफरले २६ रन बनाउँदा कप्तानपौल स्र्टलिङले २१ रन जोडे ।

त्यसैगरी जर्ज डर्केलले १७ रन बनाउँदा एन्डी बालवर्नीले १६ रन बनाएका थिए । हेरि टेक्टरले १३ तथा लोरकन टकरले ११ रन बनाए ।

आयरल्याण्डलाई रोक्ने क्रममा श्रीलंका कादसुन सनकाले ३.२ ओभरमा २३ रन खर्चिएर ४ विकेट लिँदा महिसा तिक्षणा र वानेन्दू हसरंगाले दुई-दुई विकेट लिए ।

टी २० विश्वकपआइतबारदेखि सुरु हुँदैछ । श्रीलंका समूह डीमा रहेको छ भने आयरल्याण्ड समूह एमा रहेको छ । यस्तै अर्को अभ्यास खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई ५५ रनले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?