कांग्रेस नेता प्रकाशमान सिंह दिल्लीतर्फ

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अस्वस्थ्य भएका छन् । उनी स्वास्थ्य उपचारका लागि शुक्रबार दिल्ली उडेका छन् । कांग्रेस नेतृ एवम श्रीमती सिर्जना सिंह र छोरासहित प्रकाशनमान दिल्ली गएका हुन् ।

‘उनलाई प्रोष्टेटको समस्या थियो । नेपालमा बसेर उपचार गरिरहनु भएको थियो तर डाक्टरहरुकै सिफारिसमा दिल्लीमा शल्यक्रियाको प्रविधि राम्रो भएकाले त्यता जानुभएको हो,’ कांग्रेस नेता युपी लामिछानेले भने ।

पार्टीका पूर्वमहामन्त्री समेत रहेका सिंह मधुमेह र उच्च रक्तचाप समस्याबाट पनि पीडित थिए । तर नियमित शारीरिक अभ्यासमार्फत उनले मोटोपन घटाएका थिए । हिँडडुल, जगिङ, शारीरिक कसरत र प्राणायाम गरेर स्वास्थ्यको हेरचाह गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?