‘अरुमाथि औँला ठड्याउने संस्कृतिले मात्रै पार्टी बलियो हुँदैन’

लोकपथ
84
Shares

नेपालगन्ज । नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीलाई दोषारोपण र व्यक्तिवादी संस्कृतिबाट मुक्त राख्नुपर्नेमा जोड दिएका छन् । कांग्रेस बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्बोधन गर्दै उनले अरुमाथि औँला ठड्याउने संस्कृतिले पार्टी बलियो हुन नसक्ने बताए ।

‘दोषारोपणको संस्कृति र व्यक्तिवादी संस्कृतिबाट पार्टीलाई मुक्त गरौँ । फलानोको कारणले भयो, फलानोको कारणले भएन भन्ने ठाउँ छैन,’ नेता साउदले भने, ‘अर्कातिर औंला ठड्याउने संस्कृतिले पार्टी मजबुत हुन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?