६० किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धानमा समातिए थर्कमान

लोकपथ
525
Shares


काठमाडौं । ६० किलो सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप एक आरोपी पक्राउ गरेको छ ।

काभ्रेको तेमाल गाउँपालिका–४ निवासी ४५ वर्षीय कान्छामान लामा ‘थर्कमान’ लाई लाजिम्पाटबाट पक्राउ गरिएको हो । उनी सामाखुसीमा बस्दै आएका थिए ।

सीआईबीका एक अधिकृतले ६० किलो सुनमा कान्छामानको संलग्नताबारे अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?