दुई सय २९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’

लोकपथ
133
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा सहभागी ती महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो ।

महासङ्घका उपाध्यक्ष शारदा खनालले दुई सय २९ जनाको ‘एचपिभि डिएन प्रविधि’बाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको जानकारी दिइन् । उनले स्क्रिनिङको नतिजा एक महिनापछि मात्र प्राप्त हुने जानकारी दिइन्।

“हाम्रा धेरै दिदीबहिनी पाठेघरको मुखको क्यान्सरबाट पीडित भएका पाइएको छ, ” उनले अन्य मुलुकमा स्तनक्यान्सरका बिरामी अधिक भेटिएका जानकारी दिँदै उनले भनिन् । समय–समयमा पाठेघर र स्तन परीक्षण गराउन उपाध्यक्ष शर्माले सुझाव दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?