महिलाको ओठलाई सेक्सी बनाउने तरिका

एजेन्सी– अधिकांश महिलाहरुले आफ्नो ओठलाई सुन्दर बनाउनको लागि लिपिस्टिकको प्रयोग गर्ने गर्छन् । सायद तपाईलाई थाहा नहुन सक्छ, लिपिस्टिकले ओठलाई सुन्दर बनाउनुको साटो थप कुरुपता निम्त्याउन पनि सक्छ यहाँ हामी तपाईलाई केहि यस्तो घरेलु उपायहरु सुझाउँदै छौं, जसको माध्यमबाट तपाईको ओठ सेक्सी र आकर्षक बनाउन मद्यत पुग्न सक्छ १) ओठको कालोपन हटाउनको लागि दूधको क्रिम उत्तम उपाय हुन सक्छ । दैनिक दूधको क्रिम रातको समयमा ओठमा लगाउँदा ओठ गुलाबी बन्न सघाउ पुग्छ २) दैनिक एक कोसा केरा दूधमा मिलाएर पिउँदा स्वास्थ्य राम्रो त हुन्छ नै त्यो केराको गुदी केहि समय ओठमा लगाउँदा ओठ मुलायम, आकर्षक र गुलाबी बन्दछ ३) एक चम्चा दूध र एक चम्चा क्रिममा थोरै सोडा मिसाउनुहोस् । त्यसपछि त्यसलाई घोलेर फ्रिजमा राखि चिसो पार्नुहोस् र त्यसलाई केहिबेर ओठमा लगाएर रुईले पुछ्नुहोस् ४) एक चम्चा दूधमा रातो गुलाबको पत्र राखेर धुलो बनाएर पिस्नुहोस् । त्यसपछि धूलोलाई फ्रिजमा राख्नुहोस् । चिसो भएपछि त्यसमा एक चम्चा बदामको धूलो राखेर लेदो बनाउनुस् र ओठमा लगाएर १५ मिनेट पछि रुईले पुछ्नुहोस् ५)एक चम्चा दूधको क्रिममा अनारको रस मिलाएर ओठमा लगाउँदा पनि ओठ सुन्दर देखिन्छ । यस उपायबाट ओठ फुट्नुबाट समेत छुटकारा मिल्छ ६)आधा चम्चा महमा आचा चम्चा कागतीको रस मिसाएर ओठमा लगाउँदा ओठ गुलाबी बन्दछ ७) ओठमा काँक्रोको टुक्रा २ मिनेटसम्म दलिरहनुस् । त्यसपछि ऐनामा हेर्नुहोस् तपाईको ओठ मुलायम, आकर्षक र गुलाबी पक्का देखिनेछ ८) राती सुत्नु पहिले कागतीको रस ओठमा लगाएर सुत्नुहोस् । बिहान मुख धुँदा ओठ सुन्दर देखिनेछ ९) सुन्तलालाई टुक्रा पारेर त्यसमा मह मिलाएर ओठमा लगाउने गर्दा ओठमा चमक आउँछ १०)राती सुत्ने बेलामा नाइटोमा तोरीको तेल हाल्ने गर्दा ओठ फुट्दैन । जैतुनको तेलमा भ्यासलिन मिलाएर दिनको २–३ पटक लगाउँदा पनि फाइदा हुन्छ ११) ओठमा सुख्खापन हुन नदिनुहोस् । त्यसका लागि क्रिममा थोरै बेसार हालेर ओठको मालिस गरिरहने गर्नुहोस्   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?