एसिड आक्रमण पीडितलाई राहत क्षतिपूर्ति कोषबाट दिइने

लोकपथ
7
Shares

काठमाडौं । कानुनमन्त्री पदम गिरीले एसिड आक्रमण पीडितहरुको क्षतिपूर्तिको समस्या क्षतिपूर्ति कोषबाट समाधान गर्ने बताएका छन् ।

सिंहदरबारमा बिहीबार महिला तथा सामाजिक मामिला समितिमा एसिड आक्रमण पीडितहरुको क्षतिपूर्ति सम्बन्धमा भएको छलफलमा उनले एसिड आक्रमणका घटना आफैंमा संवेदनशील विषय भएकाले ढिला नगरी सरकारले क्षतिपूर्तिका लागि पहलकदमी लिने बताए । 

उनले भने, ‘सांसदले केही बिरामी भयो भने तत्काल उपचार गर्न त्यहाँबाट पाउने प्रबन्ध मिलाइएको छ । तर एउटा चेली ११ वर्षसम्म यस्तो हुँदासम्म क्षतिपूर्ति नपाउने यो कुरा धेरै नै दुःखद् विषय हो । हामीले कानुनी व्यवस्था पनि हेर्नुपर्छ । ८ वर्ष जेल भयो र क्षतिपूर्ति उपचार खर्च भराउने भनेको छ, क्षतिपूर्ति दिन्न भनेको अवस्थामा उसलाई थप सजाय अरु कसरी गर्ने त्यो कुराको पनि ऐनमा अन्योल छ भने त्यतातिर पनि हुर्नुपर्छ । अहिले क्षतिपूर्ति कोष छ । जसरी हुन्छ यो कोषबाट यसको समस्या तत्काल हल गर्नुपर्छ । मेरो तर्फबाट पनि पहलकदमी गर्छु । यो आफैमा संवेदनशील विषय हो । यस्ता विषयमा ढिलाइ गर्न मिल्दैन । सरकारले तत्काल समाधान गर्नुपर्छ ।’

उनले देशमा एसिड आक्रमण गर्ने पीडकहरुलाई कारबाही गर्ने उचित कानुनसम्मको पनि प्रवर्धन नरहेको अवस्था रहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एसिड आक्रमण पीडित  विन्दबासिनी कंशाकार जस्ता हजारौ पीडितको न्यायका लागि ऐनमा नै व्यस्था गरेर जाने भन्दै मन्त्रिपरिषद्मा समेत यस विषयलाई गम्भीरताका साथ लाने प्रतिबद्धता उनले जनाए ।

‘देशमा एसिड आक्रमण गर्ने पीडकहरुलाई कारबाही गर्ने उचीत कानुनसम्मको पनि प्रवर्धन नभएको अवस्था रहेछ । आज पीडत विन्दबासिनी कंशाकार हुनुहुन्छ भोलि के हुन्छ के थाहा छ । त्यसैले यो पीडा सबैका लागि उत्तिकै संवेदनशील विषय हो । त्ससैले यसलाई मैले धेरै गम्भीरताका साथ लिएको छु । उनले भने,‘बैंकमा राख्दा घर लिलामी भएको छ । लोन लिन नसकेको भएत मृत्युवरण गर्नुपर्ने रहेछ । यस्तो हुन सक्दैन । क्षतिपूर्तिका लागि जे जति सहमति चाहिन्छ अर्थमन्त्रालयबाट सहमति मागेर फाइल फररवाडिङ गरिराखेको छु । यसलाई मन्त्रीपरिषद्मा पनि गम्भीरताकासाथ लानेछु ।’

त्यस्तै सांसद तथा एसिड आक्रमणपीडित विन्दबासिनी कंशाकारले अदालतले फैसला गरेको ११ वर्ष पुगे पनि  क्षतिपूर्ति सरकारले नदिएको बताइन । अदालतले गर्ने निर्णयमा किन यस्तो हुन्छ भन्दै उनले मन्त्री गिरीलाई प्रश्न गरिन । ११ वर्षमा आफूले शारीरिक ,मानसिक, सामाजिक र आर्थिक रुपमा आफ्नो पीडा भोगिरहँदा पनि हाँसी हाँसी हिडिरहेको बताउँदै अब राज्यले मेरो लागि के गर्छ भन्र्दै थप प्रश्न गरिन् ।

उनले भनिन्, ‘आज ११ वर्ष भयो अदालतले फैसला गरिसकेपछि पनि मैले पाउनुपर्ने क्षतिपूर्ति सरकारले दिएको छैन । अझ लेखिएको रकम एक लाख छ भने पाउने रकम ३०–४० हजार हुन्छ । अदालतले गर्ने निर्णयमा किन यस्तो मन्त्रीज्यु ? त्यहाँ पनि भ्रष्टाचार छ । यो ११ वर्षमा मैले शारीरिक, मानसिक, सामाजिक र आर्थिक रुपमा आफ्नो पीडा भोगिरहेको छु र हाँसी हाँसी हिडिरहेको छु । अब राज्यले मेरो लागि के गर्छ भन्ने प्रश्न मात्र छ । ’

उनले आफू भाग्यले प्रतिनिधिसभाको सदस्य हुन पाएको भन्दै यदि आफूले न्याय पाएमा अरु एसिड आक्रमण पीडितहरुका लागि आफूले लड्ने प्रतिबद्धता जनाइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?