केपी ओलीको खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक

लोकपथ
350
Shares

काठमाडाैं । क्रिकेट प्रेमीहरुको ध्यान विश्वकपमा भैरहदा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक गरेका छन् ।

आफ्नै रचनामा सार्वजनिक गरेको गितमा सशस्त्र प्रहरीका ईन्स्पेक्टर पृथ्वी खनालको संगीत र स्वरमा सुन्न सकिन्छ । उनलाई गितमा आर.सी रिमालले साथ दिएका छन् । त्यस्तै साहस शाक्यको संगीत संयोजन रहेको छ ।

एक दशकपछि टि-२० विश्वकप खेल्न लागेको नेपाली टोलीलाई शुभकामनाको साथै हौसला बढाउन गित सार्वजनिक गरिएको हो ।गित गायक पृथ्वी खनालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?