३ आश्विन २०७८, आईतवार

सडक बन्यो मृत्युमार्ग, दुई भयानक दुर्घटनामा १८ को मृत्यु (नामावलीसहित)

२०७४,कार्तिक,१३,सोमवार १६:२४


काठमाडौं, १३ कात्तिक— सडक दुर्घटनामा उदयपुर र गुल्मीमा गरी आज एकैदिन १८ यात्रुको मृत्यु भएको छ । धादिङमा ३१ जनाको ज्यान जाने गरी शनिबार भएको दुर्घटना सेलाउन नपाउँदै आज फेरि दुई ठूला दुर्घटना भएको हो । पछिल्लो समय सडकमार्फत मृत्यु मार्ग जस्तै बन्न थालेको छ उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो जिप सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–११ को ठाटीमा आज दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ मृत्यु हुनेमा सप्तरी पापरगाडा–४ का राधेश्याम महतो, कविलाश–३ का गंगाराम साह र बैखा–६ का नेपाली सेनाका जवान रुपेन्द्र बर्मा, ओखलढुंगा सेर्नाबेँसी–३ का ईश्वरीप्रसाद भट्टराई, वरुणेश्वर–६ का दीपक भित्रिकोटी, उदयपुरको रामपुर ठोक्सिला–७ का सन्देश किराँती तथा जिप चालक कटारी नगरपालिका–२ का हरि कार्की रहेका छन् यस्तै, ठेगाना नखुलेकी अन्जना राई र मिथिलेश साहको पनि सनाखत भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी कुमारी भित्रिकोटीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । मृतकका शव कटारी अस्पतालमा राखिएको छ यता बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको माइक्रोबस गुल्मीको वीरवासमा दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नंको माइक्रोबस गुल्मी दरबार गाउँपालिका–४ मा दुर्घटनामा परेको थियो दुर्घटनामा नौजनाको मृत्यु भएको र आठजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर तम्घासका लागि छुटेपनि बीचमा यात्रु थपेको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै र एकको उपचारका क्रममा तथा दुईजनाको पाल्पा लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी तीन महिला र ६ पुरुषको मृत्यु भएको छ मृत्यु हुनेमध्ये चारजनाको सनाखत भएको छ । सनाखत हुनेमा गुल्मी रेसुङ्गा नगरपालिका–८ मा पसल गर्ने सुमित्रा दर्लामी, अर्घाखाँची भगवतीका विष्णु पाण्डेय र चालक भीम घर्ती तथा अर्जै, गुल्मीका लालबहादुर मुखिया रहेका छन् गाडीका चालकको पनि पाल्पा लैजानेक्रममा मृत्यु भएको छ । सनाखतका लागि शव जिल्ला अस्पताल गुल्मीमा ल्याइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिए । घाइते हुनेहरुमा एक महिला, पाँच पुरुष र दुईजना बालक रहेको प्रहरीले जनाएको छ गाडीमा सवार चालकसहित १७ जना रहेका थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । दुर्घटनामा परेको गाडी सडकबाट करिब ३०० मिटरभन्दा बढी तल खसेको थियो गाडीको तीव्रगति र गाडीलाई साइड दिनेक्रममा दुर्घटनामा परेको घटनास्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपति प्रेमप्रकाश सिग्देलले जानकारी दिए  

प्रकाशित मिति: २०७४,कार्तिक,१३,सोमवार १६:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

मुख्य राजमार्गमा सिसीटिभी जडान पूरा
 २०७८,आश्विन,३,आईतवार २२:२५
कालीगण्डकीमा हाम फालेर पुरुष बेपत्ता
 २०७८,आश्विन,३,आईतवार २२:१८
रेडपाण्डाका छालासहित एक युवक पक्राउ
 २०७८,आश्विन,३,आईतवार २१:०१