काठमाडौं । नेपालस्थित अमेरिकी राजदूतावासले क्रिकेटर सन्दीप लामिछानेसँग भिसाका लागि आज बिहीबार दिउँसो ४ बजे अन्तर्वार्ता लिने भएको छ । भिसा मिलेको खण्डमा लामिछाने आजै राति अमेरिका उड्ने छन् ।
अमेरिकी दूतावासले भिसा दिन आनाकानी गर्दा उनी विश्वकप खेल्न जान पाइरहेका छैनन् ।सरकारले लामिछानेलाई विश्वकप खेल्न अमेरिका पठाउनका लागि भिसा दिन दूतावासलाई नोट लेखिसकेको छ । त्यस्तै, उनलाई भिसा दिन माग गर्दै बिहीवार मात्रै माइतीघरमा समर्थकहरूले प्रदर्शन गरेका थिए ।
बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई विश्वकपमा सामेल गराउने प्रक्रिया अघि बढाएको थियो । तर उनको भिसा नआएपछि क्यानका पदाधिकारीसमेत अमेरिका पुगिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया