हार्वेविरुद्ध थप दुई महिलाले दिए यौन उत्पीडनको उजुरी

लोकपथ
70
Shares

काठमाडौं । हलिउडका प्रख्यात निर्माता हार्वे विनस्टीन प्रायः निजी कारणले चर्चामा आउँछन् । उनीमाथि ८० भन्दा बढी महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए । उनीमाथि हालै मेनहटनको अदालतमा थप दुई महिलाले यौन उत्पीडनको मुद्धा दायर भएका छन् ।

हार्वे वर्तमान समयमा यौन उत्पीडनको मामलामा जेल सजाय बिताइरहेका छन् । मेनहटनका सहायक जिल्ला अटर्नी निकोल ब्लमबर्गले अदालतका एक न्यायाधीशलाई नयाँ पीडितको दावीको मूल्यांकन गरिरहेको बताएका छन् । निकोलले हार्वेमाथि अर्को नयाँ अभियोग लाग्ने सक्ने सम्भावना बढेको जनाएका छन् ।

हार्वे बिहीबार मेनहट्टन कोर्ट हाउसमा उपस्थित थिए । यो त्यही कोर्ट हाउस हो, जहाँ गुप्त धनको मामलामा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अदालतको निर्णयको पर्खाइमा छन् ।

हार्वेमाथि दुई महिलाहरु मिमी हेली र जेसिका मानले बलात्कारको आरोप लगाएका थिए । जसकारण उनलाई फस्ट डिग्री यौन उत्पीडन र थर्ड डिग्री बलात्कारमा दोषी ठहराइएको थियो । अब नयाँ मामलाको सुनुवाई यही कोर्टमा हुनेछ ।

हार्वे मी टू अभियानपछि चर्चामा छन् । उनी सन् २०२२ मा यौन उत्पीडनको मामलामा दोषी ठहरिएका थिए र उनलाई न्यायाधिसले १६ वर्षको जेल सजाय सुनाएका थिए । यद्यपि हार्वेका वकिलले सजाय घटाउन माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?