सिरोहिया नागरिकता प्रकरण थप चर्कंदै, तत्कालीन सिडिओ र शाखा अधिकृतलाई पनि पक्राउ पुर्जी

लोकपथ
3.8k
Shares

काठमाडौं । कान्तिपुर मिडिया गु्र्रपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने र प्रतिलिपि दिने तत्कालीन दुई कर्मचारीमाथि पक्राउ पुर्जी जारी गरिएको छ ।

सिरोहियाको नागरिकतासम्बन्धी थप अनुसन्धानका लागि भन्दै उनलाई बंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध प्रहरीले जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी लिएको हो । दुबै जनालाई हिरासतमा लिएर अनुसन्धान गर्न अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवालेले तत्काल यो विषयमा केही बोल्न नमिल्ने बताए । सिरोहियाले २०३४ सालमा जिल्ला प्रशासन कार्यालय धनुषाबाट बंशजको नागरिकता लिएका थिए । उनका बाबु स्व. घासीराम मारवाडीको नागरिकता भने अंगिकृत थियो ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईले सिरोहियालाई बंशजको नागरिकता जारी गरेका थिए । उनको पहिलो प्रतिलिपि भने तत्कालीन शाखा अधिकृत काशिराज दाहालले दिएका हुन् ।

सिरोहिया हिरासतमै रहेको बेला अनुसन्धानका लागि भन्दै प्रतिलिपि जारी गर्ने तत्कालीन शाखा अधिकृत दाहाललाई पनि धनुषा प्रहरीले बोलाएर सोधखोज गरेको थियो ।

दाहालले दिएको बयान र प्रहरीले गरेको अनुसन्धानमा तालमेल नदेखिएको भन्दै उनीहरु दुबैलाई हिरासतमा लिएर अनुसन्धान गर्न अदालतले अनुमति दिइसकेको एक प्रहरी अधिकृतले बताए । नागरिकता किर्तेसम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया ९ दिनपछि हिजो बुधबार हिरासतमुक्त भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?