शारीरिक सम्बन्ध राखेपछि ‘ब्ल्याकमेलिङ’ गर्ने युवक पक्राउ

लोकपथ
9.5k
Shares

काठमाडौं । सामाजिक सञ्जालमार्फत् महिलाहरुसँग नजिकिएर शारीरिक सम्बन्ध राख्ने र त्यसपछि भिडियो र फोटो खिचेर ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दीको म्याग्दी नगरपालिका–५ घर भई काठमाडौंको नयाँ बसपार्क बस्दै आएका ३० वर्षीय सन्तोष किसान रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले भने, ‘पक्राउ परेका किसान सुरुमा सामाजिक सञ्जालमार्फत महिलाहरूसँग सम्पर्क गरेर सम्बन्ध स्थापित गर्ने रहेछन्, त्यसपछि भेटघाट गरी विभिन्न प्रलोभन देखाई शारीरिक सम्बन्ध राख्ने गर्दा रहेछन्, त्यसपछि गोप्यरुपमा शारीरिक सम्बन्ध राखेको भिडियो र फोटो खिच्ने र ती फोटो र भिडियो पीडित महिलाको आफन्तहरूलाई पठाइदिन्छु भन्दै धम्की दिएर पैसा माग्ने र महिलालाई पुनः शारीरिक सम्बन्ध स्थापित गर्न बाध्य पार्ने रहेछन् ।’

उपरीक्षक रेग्मीका अनुसार आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको उजुरीको आधारमा गत जेठ १४ गते काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको थियो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?