ठूलो परिमाणमा नक्कली नोटसहित ४ जना पक्राउ

लोकपथ
224
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ। बुधबार बारा प्रहरीले उनीहरूलाई सार्वजनिक गर्दै सो कुरा जानकारी दिएको हो।

पक्राउ पर्नेमध्ये एक भारतीय रहेको प्रहरीले जनाएको छ। बाराको सिम्रौनगढ नगरपालिका–९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा सोमबार पक्राउ गरेको उनीहरूलाई आज सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बाराको कोल्हवी नगरपालिका–६ का २५ वर्षीय राजन चौधरी, वडा–५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका–१ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा–७ का ४० वर्षीय मोहमद आलम रहेका छन्।

उनीहरुको साथबाट १३ लाख १६ हजार नक्कली नेपाली नोटसहित ना ३४ प ३५१२ र बी.आर. ०६ ए।डब्लु २७५८ नम्बरको मोटरसाइकल, एकवटा साइकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?