छुट्टाछुटै स्थानबाट लागुऔषधसहित १३ जना पक्राउ

लोकपथ
196
Shares

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १३ जना पक्राउ परेका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका–१७ एडिबी खानेपानी टंकीको छेउबाट नियन्त्रित लागुऔषध ESKUF ५ बोतल, ट्रामाडोल ४ हजार ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ७ सय २० ट्याब्लेटसहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका–५ कुमयाही बस्ने २२ वर्षीय अमानुल्ला मिया र २० वर्षीय सोहेल अमत रहेका छन् ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले प्र.१–०२–०४१ प ७८२० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका–१ सम्झना टोलबाट अवैध लागुऔषध गाँजा २ किलो ८० ग्रामसहित एकजना पक्राउ परेका छन् । सोही ठाउँ बस्ने काभ्रे पनौती घर भएकी ५९ वर्षीया मनुमाया तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यसैगरी सल्यानको सारदा नगरपालिका–१२ चिसापानीबाट अवैध लागुऔषध गाँजा १ किलो २ सय ६० ग्रामसहित एकजना पक्राउ परेका छन् । सोही स्थान बस्ने २७ वर्षीया पूर्ण कला भण्डारीलाई उनकै घरबाट उक्त पदार्थसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

साथै इलाका प्रहरी कार्यालय सितलपाटीबाट खटिएको प्रहरी टोलीले सारदा नगरपालिका–१ श्रीनगर डेरा गरी बस्ने बागचौर नगरपालिका–३ घर भएका १८ वर्षीय किशोर र छत्रेश्वरी गाउँपालिका–१ बस्ने १९ वर्षीय कृष्ण केसीलाई जाँच गर्दा ८ मिलिग्राम गाँजा फेला पारी थप अनुसन्धान गर्दा पूर्णकलाको घरबाट किनेर ल्याएको खुल्न आए पश्चात पूर्णकलाको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी डडेलधुराको अजयमेरू गाउँपालिका–२ चमडाबाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ करिब १ किलो २ सय ग्रामसहित एकजना पक्राउ परेका छन् । सोही स्थान बस्ने ५५ वर्षीय डम्बर सिंह बोहरालाई उक्त पदार्थसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट चमडाबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको देवानगंज गाउँपालिका–६ स्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब १० किलोसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय राम बालक पासवान र सोही गाउँपालिका–५ साहेवगंज बस्ने ३५ वर्षीय गोपाल बहरदार रहेका छन् ।

अस्थायी प्रहरी चौकी राजगंज सिनुवारीबाट खटिएको प्रहरी टोलीले को.२७ प ८०४१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१४ जतुवाबाट अवैध लागुऔषध गाँजा १ सय ८१ किलोग्रामसहित एकजना पक्राउ परेका छन् । संखुवासभा चैनपुर नगरपालिका–१ बस्ने २७ वर्षीय लाक्पा दोर्जे शेर्पालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टालीले प्रदेश नं.१–०२–००१ ख ९२७० नम्बरको खाली सिलिन्डर बोकेको मिनि ट्रकलाई जाँच गर्दा उक्त लागुऔषध फेला पारी ट्रक चालक शेर्पालाई पक्राउ गरेको हो ।

यसैगरी झापाको कन्काई नगरपालिका–३ बाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका–१० बस्ने ३१ वर्षीय सबिन तामाङ र कन्काई नगरपालिका–४ बस्ने २८ वर्षीय शराब आलम रहेका छन् । लागपुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी सुर्खेतको विरेन्द्रनगर नगरपालिका–४ स्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित एकजना पक्राउ परेका छन् । सोही ठाउँ बस्ने २४ वर्षीय छोटे भन्ने छबिलाल गिरीलाई मंगलबार राति प्रहरीले पक्राउ पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेत र अस्थायी प्रहरी विट सहिद पार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?