करेन्ट लागेर एकजना मृत्यु

लोकपथ
0
Shares


तनहुँ । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ब्यास नगरपालिका-१० दुम्सिचौर बस्ने ४० वर्षीय हर्क बहादुर गुरुङको करेन्ट लागेर मंगलबार बेलुकी मृत्यु भएको हो ।

सोही ठाउँस्थित बिजुलीको पोलमा रहेको बत्ती मर्मत गर्न क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?