सवारी दुर्घटनामा कैलाली र कास्कीमा दुई जनाको मृत्यु

लोकपथ
462
Shares

काठमाडौं । कास्की र कैलालीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कैलालीको भजनी नगरपालिका–७ चर्रास्थित सडकमा से.१ ख १७२७ नम्बरको मिनी ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिनी ट्रकमा सवार धनगढी उपमहानगरपालिका मनेरा बस्ने ५५ वर्षीय जुगराम चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा थप उपचारको मंगलबार राति क्रममा मृत्यु भएको हो । साथै

दुर्घटनामा घाइते भएका मिनि ट्रकमा सवार ३ जना मध्ये १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भजनी र २ जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङ फिर्केपुलस्थित सडकमा बा.४८ प ९५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङ नगरपालिका–१२ अमलाचौर बस्ने ४१ वर्षीय गणेश आचार्य रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?