असार १ गतेदेखि पशुपतिनाथ मन्दिरको चारवटै ढोका खोलिने

लोकपथ
574
Shares

काठमाडौं । आगामी असार १ गतेदेखि पशुपतिनाथ मन्दिरको चारवटै ढोका खोलिने भएको छ । पशुपतिनाथ दर्शन गर्नेको संख्या बढ्दै गएकाले असार १ गतेदेखि चार वटै ढोका खोल्न लागिएको हो ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार, दर्शनका लागि भारतीयलगायतका पर्यटकहरूको आगमन बढ्दै गएकाले यो निर्णय लिइएको हो ।

‘पछिल्ला दिनमा पशुपतिनाथको दर्शन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । सबैले सहज रुपमा दर्शन गर्न सकोस् भनेर कोषले असार १ गतेदेखि पशुपतिनाथ मन्दिरको चारवटै ढोका खोल्ने निर्णय गरेको छ,’ उनले भने । यसअघि शिवरात्रि, तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका खोल्ने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?