‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना अनुबन्धित

लोकपथ
931
Shares

काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतीमा निर्माण हुन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन् । यसअघि फिल्ममा गायक तथा कलाकार प्रकाश सपुत, मुकुन भुषाल, विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाल अनुबन्धित भइसकेका छन् ।

फिल्मका निर्माता विनोद पौडेलका अनुसार फिल्म जेठ २१ गतेबाट छायांकनमा जानेछ । सरोज पौडेलको लेखन तथा निर्देशक रहने फिल्मले मौलिक कथालाई उठान गर्ने निर्माण पक्षको दाबी छ ।

फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त शिवाकोटीको संगीत रहने छ ।
फिल्म आगामी वर्ष रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?