कान्तिपुर कार्यालयमै सुरक्षा गार्ड झुन्डिएको अवस्थामा मृत फेला

लोकपथ
168.4k
Shares

विराटनगर । कान्तिपुर पब्लिकेसन्सको विराटनगरस्थित क्षेत्रीय कार्यालयमा कार्यरत सुरक्षा गार्ड बुधबार विहान कार्यालयमै मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीका अनुसार, सुरक्षा गार्ड बलबहादुर बस्नेत सेक्युरिटी गार्डको क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनी सुन्दरहरैँचा नगरपालिका–९ का वासिन्दा हुन् ।मोरङ प्रहरीलाई बुधबार बिहान ११ बजे घटनाबारे जानकारी आएको थियो ।

पालो दिन गएका अर्का सुरक्षागार्ड पुग्दा ढोका नखुलेपछि उनले आफूले पर्खाल नाघेर हेर्दा घटनाबारे थाहा पाएको र लगत्तै प्रहरीलाई खबर गरेको बताएका छन् । प्रहरीले आफन्तको रोहवरमा अहिले ढोका खोलेर मुचुल्का तयार पारिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?