मादक पदार्थ सेवन तथा ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई आजबाट सडकमा ड्युटी

लोकपथ
371
Shares

काठमाडौं । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने लगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरुलाई कारबाहीस्वरुप सडकमा खटाइएको छ।

मंगलबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको शुभकामना दिँदै ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई कारबाहीस्वरुप सडकमा खटाउन निर्देशन दिएका थिए।

त्यससँगै बुधबार बिहानैबाट कारबाहीमा परेकाहरु ‘ट्राफिक भोलेन्टियर’ लेखिएको ज्याकेट लगाएर सडकमा खटिएका हुन्।उनीहरुले जेब्राक्रसबाट पैदल यात्रुहरुलाई वारीपारी गराउने लगायतका कामहरु लगाइएको छ।

यसका साथै मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, संकेत बत्ती, गति सीमितलगायत सवारी नियम उल्लंघन गर्नेहरूलाई भविष्यमा त्यस्ता गल्ती दोहोरिन नदिने उद्देश्यले ट्राफिक प्रहरीसँगै उनीहरूलाई स्वयंसेवकका रूपमा सडकमा खटाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?