सर्वोच्चको पत्र पुगेपछि मुख्यमन्त्रीका रुपमा पाण्डेको शपथ ग्रहणको तयारी 

लोकपथ
483
Shares

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीका रुपमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेको शपथग्रहणको तयारी गरिएको छ।

गत सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।

४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न गण्डकी प्रदेश प्रमुखका नाममा सर्वोच्चले परमादेशको आदेश दिएको थियो।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै मुख्यमन्त्रीमा उनको नियुक्तिलाई सर्वोच्चले बदर गरिदिएको हो।

प्रदेश सभाका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले ६० सदस्यीय प्रदेशसभामा ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको घोषणा गरेपछि उक्त कदम असंवैधानिक भन्दै कांग्रेस नेता पाण्डेले सर्वोच्चमा रिट दिएका थिए।

उक्त रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीशद्वय रेग्मी र पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएकाले पदमुक्त हुने फैसला सुनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?