वडा अध्यक्ष कप फुटबलमा फ्रिडम ब्रदर्शलाई उपाधि

लोकपथ
119
Shares

काठमाडौं । फ्रिडम ब्रदर्श युनाइटेड ‘ए’ ले तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।
चावहिल खेल मैदानमा भएको फाइनलमा फ्रिडम ‘ए’ ले चावहिल स्पोर्ट्स क्लब ‘बी’ लाई १–० को झिनो गोलअन्तरले पराजित ग-यो । विश्वलाल श्रेष्ठले निर्णायक गोल गरे ।

उपाधिसंगै फ्रिडम ‘ए’ ले १ लाख नगद पुरस्कार पायो । उपविजेता चावहिल ‘बी’ ले ५० हजार नगद पुरस्कार हात पा-यो ।काठमाडौं महानगरपालिका–७ द्वारा आयोजित प्रतियोगितामा चावहिल ‘बी’ का दीपक लामा प्रतियोगिताकै सर्वोत्कृट खेलाडी घोषित भए ।

चावहिल ‘बी’ का पञ्चनारायण महर्जन उत्कृष्ट गोलरक्षक, फ्रिडम ‘ए’ का राजकुमार घिसिङ उत्कृष्ट स्ट्राइकर र फ्रिडम ‘ए’ कै विश्वलाल श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिए । उत्कृष्ट चारैले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

वजेतालाई आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ १० गतेदेखि सुरु भएको प्रतियोगितामा २० पुरुष टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक अजब श्रेष्ठले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?