यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७९ पैसा र  बिक्री दर १३३ रुपैयाँ ३९ पैसा पुगेको छ । मंगलबार डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र  बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको थियो ।

आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा पुगेको  छ । मंगलबार युरोको खरिद दर १४४ रुपैयाँ १३ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको थियो ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७५ पैसा र बिक्री दर १७० रुपैयाँ ५२ पैसा रहेको छ । मंगलबार पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २८ पैसा र बिक्री दर १७० रुपैयाँ ०५ पैसामा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?