समलिंगी पुरुषहरुप्रति दिएको अभिव्यक्तिले पोप फ्रान्सिस विवादमा, मागे माफी

लोकपथ
91
Shares

भ्याटिकन । समलिंगी पुरुषहरूप्रति अपमानजनक भाषा प्रयोग गरेको रिपोर्ट सार्वजनिक भएपछि पोप फ्रान्सिसले माफी मागेका छन् ।

एक कार्यक्रममा पोपले समलिंगी व्यक्तिहरूलाई पादरी बन्नका लागि तालिम दिन नहुने बताएका थिए । सो क्रममा उनले समलिंगीका लागि ‘फ्रोसियाजिन’ शब्द प्रयोग गरेका थिए । यो शव्द निकै अपमानजनक शब्द हो ।

भ्याटिकनले जारी गरेको विज्ञप्तिमा पोपले कसैलाई ठेस पु¥याउने मनसाय नभएको उल्लेख छ । साथै आफ्नो शव्द प्रयोगबाट दुखित भएकाहरूसँग माफी मागेको विज्ञप्तीमा उल्लेख छ ।

पोपको टिप्पणीमा विवाद भएपछि क्याथोलिक चर्चको परिचालक निकाय होली सीका निर्देशक म्याटियो ब्रुनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘पोप फ्रान्सिसले बन्द ढोका पछाडि विशपहरूसँगको कुराकानीको बारेमा हालै प्रकाशित लेखहरू बारे सचेत हुनुहुन्छ ।’

पोप फ्रान्सिसले प्रायः सार्वजनिक रूपमा समलिंगी व्यक्तिहरूलाई सम्मान गर्ने कुरा गर्दै आएकोमा पछिल्लो अभिव्यक्ति भने त्यसविपरीतको थियो । यसकारण पनि उनको भनाइ विवादमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?