छुट्टाछुटै स्थानामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

लोकपथ
581
Shares

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१५ भगवानपाउस्थित सडकमा बा.५ ख १४७१ नम्बरको टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने गोरखा अजिरकोट गाउँपालिका घर भएका ३० वर्षीय विकास नेपाली रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी धनकुटाको छथरजोरपाटी गाउँपालिका–४ पाथिभारा डाँडास्थित सडकमा सिधुवाबाट मलामी लिएर त्रिवेणीघाटतर्फ जाँदै गरेको को.१ त ९७३७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सोही गाउँपालिका–५ बस्ने ४५ वर्षीय विर बहादुर खनालको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका चालक समेत १९ जनालाई उपचारको लागि जिल्ला अस्पताल पठाइएकोमा १२ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । भने २ जनालाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा, २ जनालाई नोबेल अस्पताल विराटनगर र ३ जनालाई न्यूरो अस्पताल बिराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी सिरहाको कल्याणपुर नगरपालिका–२ चतरीस्थित सडकमा ज.१ त ७७२ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ब्रहमदेव मण्डलको छोरी ९ वर्षीया लक्ष्मी कुमारी खत्वे मण्डल रहेकी छन् ।

लडेर गम्भीर घाइते भएकी उनको उपचारको लागि स्थानीय क्लिनिकतर्फ लैजाने क्रममा मंगलबार दिउँसो बाटोमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?