सामूहिक करणी गरेको अभियोगमा चारजना पक्राउ

लोकपथ
259
Shares

पर्वत । पर्वतमा जबरजस्ती करणी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जलजला गाउँपालिका–४ मोहनचोक बस्ने ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दी बेनी नगरपालिका–४ घर भएका ३६ वर्षीय कुशल मल्ल रहेका छन् ।

उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?