धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ

लोकपथ
7
Shares


नुवाकोट । नुवाकोटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

आफ्नै दाई ७० वर्षीय खमसिङ तामाङलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरको अभियोगमा एकजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा किस्पाङ गाउँपालिका–५ मानेगाउँ बस्ने ६० वर्षीय सिंह बहादुर तामाङ रहेका छन् ।

सिंह बहादुरले खुकुरी प्रहार गर्दा खमसिङको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोट समेतबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार रातिपक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?