मेलम्ची खानेपानी आयोजनालाई ५० करोड थपियो

लोकपथ
63
Shares

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनालाई ५० करोड रुपैयाँ थप बजेट छुट्याएको छ । अर्थमन्त्री वर्षमान पुनले नयाँ बजेट प्रस्तुत गर्दै मेलम्ची खानेपानी आयोजनालाई थप ५० करोड विनियोजन गरिएका बताए ।

यस्तै, उनले सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने र काठमाडौं उपत्यकामा थप ६४५ किलोमिटर पाइप विच्छ्याउने जानकारी दिए । सरकारले सन् २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पु¥याइने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?