१८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन

लोकपथ
161
Shares


काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट विनियोजनबारे जानकारी दिँदै कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।

बजेटमध्ये ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ प्रतिशत रकम चालु खर्चतर्फ रहेको छ । त्यस्तै पुँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् कुल बजेटको १८ दशमलव ९४ प्रतिशत रहेको छ ।

त्यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् कुल बजेटको १९ दशमलव ७४ प्रतिशत रहेको छ । विनियोजित बजेट खर्चको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६ दशमलव २ प्रतिशतले बढी हो भने संशोधित अनुमानको तुलनामा २१ दशमलव ५६ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?