नयाँ बजेटमा टिआरसी चर्चा

लोकपथ
140
Shares

काठमाडौं । सरकारले अगामी आर्थिक वर्षमा शान्ती प्रक्रिया र संक्रमणकालिन न्याय (टिआरसी) सम्बन्धि बाँकी काम सम्पन्न गर्ने घोषणा गरेको छ ।

मंगलबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले द्न्दपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुन:स्थापनाका लागि शान्ती कोष स्थापना गर्न एक अर्ब रुपैयाँ विनियोजन गर्ने घोषणा गरेका हुन् ।

अर्थमन्त्री पुनले  सशस्त्र द्न्द, जनआन्दोलन तथा विभिन्न समयमा भएका घाइते र अपांगता भएकालाई प्रदान गर्दै आएको जीवन निर्वाह भत्तालाई निरन्तरता दिएको बताए ।

कानूनी राज्यको प्रत्याभूति गरि मानव अधिकार संरक्षणलाई उच्च प्राथमिकता दिइने पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?