अध्यक्षद्वय ओली र दाहालविरुद्ध अपहेलना मुद्दा

काठमाडौँ, १३ कात्तिक : सर्वोच्च अदालतमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरिएको छ प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि अलग अलग मतपत्र छाप्ने अदालतको निर्णयलाई अनादर गरेर बोलेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा)का नेता सर्वेन्द्रनाथ शुक्लाले आज ओली र दाहालविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन् अलग अलग मतपत्र छाप्ने कार्य अगाडि बढाउन दिन नहुने भन्ने मनसायले भाषण गरेको हुँदा अदालतको आदेशको मानहानि हुन गएको मुद्दामा उल्लेख छ । साथै, निजहरुलाई अदालतको अपहेलनाअन्तर्गत मुद्दामा एक वर्ष कैद र रु १० हजार जरिवानाको माग पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?