अभिमुखीकरण तालिम निःशुल्क गर्ने तयारी

लोकपथ
7
Shares


काठमाडाैं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई दिइने अभिमुखीकरण तालिम क्रमश निःशुल्क गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले मङ्गलवार बजेट आर्थिक वर्ष २०८१।८२ को बजेट भाषणका क्रममा अभिमुखीकरण तालिम क्रमश निःशुल्क गर्ने घोषणा गरेका हुन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अभिमुखीकरण तालिम अनिवार्य गर्ने र तालिम क्रमश निःशुल्क गर्ने घोषणा गरेको हो ।

साथै वैदेशिक रोजगारीबाट फर्किएकाहरूको सीप प्रयोग गर्न निश्चित रकमसम्म बिना धितोको ऋण दिनेसमेत घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?