नेपालीको औषत आयु बढ्यो, मातृ मृत्युदर घट्यो

लोकपथ
231
Shares

काठमाडौं । पछिल्लो वर्षमा नेपालीको औसत आयु वृद्धि भएर ७१ वर्ष पुगेको छ भने शिशु मृत्युदर पनि २१ प्रतिशतमा झरेको छ ।

मंगलबार आर्थिक वर्ष ०८१ ÷०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले देशमा निरपेक्ष गरिबी घटेको र नेपालीको औसत आयु पनि वृद्धि भएको बताए ।

२०६२ सालमा निरपेक्ष गरिबी ३० दशमलब ८ प्रतिशत रहेकामा हाल घटेर २० दशमलब ३० प्रतिशतमा झरेको उल्लेख गर्दै अर्थमन्त्री पुनले भने, ‘मानव विकास सूचकांक ०.५०५ बाट बढेर ०. ६०२ कायम भएको छ । नेपालीको औसत आयु ६०.७ वर्षबाट बढेर ७१ . ३ वर्ष पुगेको छ ।’

यस्तै नेपालको साक्षरता दर पनि ५८ प्रतिशतबाट बढेर ७६ .२ प्रतिशत पुगेको छ । ४५ प्रतिशतबाट बढेर ५७ प्रतिशत जनतामा खानेपानीको पहुँच पुगेको छ ।

यस्तै पछिल्लो समय शिशु र मातृ मृत्युदरमा पनि केही सुधार भएको छ । ‘संवत् २०६४ मा शिशु मृत्युदर प्रतिहजार जिवीत जन्ममा ८९ जना रहेकोमा हाल २१ मा झरेको छ । पाँच वर्ष मुनिका बाल मृत्युदर प्रतिहजार ६१ बाट ३३ मा र मातृ मृत्युदर प्रतिलाख २८१ बाट १५१ मा झरेको छ,’ अर्थमन्त्री पुनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?