स्वास्थ्यमा समस्या आएपछि सिरोहियालाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो

लोकपथ
2.6k
Shares


काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

सिरोहियालाई मङ्गलवार अपरान्ह ३ बजे धनुषाबाट सिम्रिक एअरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो । उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका लागिएको छ ।

धनुषा प्रहरीले सिरोहियालाई काठमाडौं ल्याइएको पुष्टि गरेको छ । यद्यपि सिरोहियालाई के कस्तो समस्या भएको हो, त्यस सम्बन्धमा भने कुनै जानकारी नभएको धनुषा प्रहरीले जनाएको छ ।

यता सिरोहियाका कानुन व्यवसायी किशोर पौडेलले सिरोहियालाई छाती र टाउको दुख्ने समस्या बढेपछि काठमाडौँ ल्याइँदै गरेको बताएका छन् । सिरोहियालाई मुटुमा पनि समस्या देखिएकाले उपचारका लागि मेडिसिटी अस्पताल लैजान लागिएको पौडेलले लोकपथलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?