११ वर्षपछि अभिजितको पाश्र्वगायनमा कमब्याक

लोकपथ
616
Shares


मुम्बई । बलिउड पाश्र्व गायक अभिजित भट्टाचार्यले सन् ८० देखि ९० दशकको बीचमा पाश्र्व गायन करियर सुरु गरे । त्यो समयमा बलिउड संगीतको महत्वपूर्ण हिस्सा थिए । उनले बलिउडलाई धेरै अविस्मरणीय गीतहरु दिएका छन् । पछिल्लो दशकमा भने उनका गीतहरु कमैमात्र सुन्न पाइएको छ ।

अब यिनै अभिजित बहुप्रतिक्षित वेब सिरिज ‘पञ्चायत सिजन ३’मा गीत गाएर पाश्र्व गायनमा कमव्याक गर्दैछन् । ललित पण्डितले कम्पोज गरेको ‘थामे दिल को’मार्फत अभिजित पाश्र्व गायनमा फर्किएका हुन् । गीतमा आलोक रन्झा झाको शब्द छ । सोलो रोमान्टिक भावको गीतले सन् ९० को दशकको झल्का दिन्छ ।

अभिजितले सन् २०१३ मा रिलिज रणवीर कपूर स्टारर फिल्म ‘बेसरम’मा ‘दिलका जो हाल हे’ गाएका थिए । यो गीतलाई पनि सन् ९० को दशकको फ्लेभरमा ललित पण्डितले नै कम्पोज गरेका थिए ।

‘बेसरम’ पछि सन् २०१९मा ‘खान्दानी सफाखाना’ नयाँ भर्सनको ‘सहर कि लड्की’मा स्वर दिएका थिए । सन् २०२० मा उनले फिल्म ‘कुली नम्बर वान’को गीत ‘हुस्न है सुहाना’ गाएका थिए । उनले सन् २०१६ मा ‘महायोद्धा रामा’, ओटिटी फिलम ‘सुक्रनु(२०२०), ‘लभ यु लोकतन्त्र(२०२२) र ‘द पूर्वाञ्चल फाइल्स(२०२३) मा पनि स्वर दिएका थिए । तर यी गीत खासै चर्चामा आएनन् ।

‘पञ्चायत सिजन ३’ अमेजन प्राइम भिडियोबाट मंगलबारदेखि प्रसारणमा आएको छ । यो सिरिजमा जितेन्द्र कुमार, रघुवीर यादव, निना गुप्ता, फैसल मलिक र चन्दन रोय प्रमुख भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?