कार्यदलले टुंगो लगाएको चार बुँदे टीओआर प्रधानमन्त्रीलाई बुझाइयो, के छ टीओआरमा ?

लोकपथ
329
Shares

काठमाडौं । आज मंगलबार दिउँसो बसेको कार्यदल बैठकले सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लगाएको छ । उक्त टीओआर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइएको छ ।

कार्यदलका एक सदस्यका अनुसार संसदीय छानबिन समितिले समग्र सहकारीको संरचनात्मक समस्या, समस्याग्रस्त सहकारीहरुको अध्ययन, गोर्खा मिडिया नेटवर्कमा पैसा ल्याउने सहकारीहरुको छानबिन गर्ने र सहकारीको पैसा ल्याउनुमा गोर्खा मिडियाका पदाधिकारीहरुको भूमिकाको अध्ययन गर्ने जस्ता विषय कार्यादेशमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?