एस कप प्लस टु बास्केटबल भोलिदेखि

लोकपथ
21
Shares

काठमाडौं । एस इन्टरनेसनल विजनेस स्कुलको आयोजनामा एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १२ गरी ४४ टिमको सहभागिता रहने आयोजक एसका प्रोग्राम म्यानेजर कौशलराज पौडेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रोग्राम म्यानेजर पौडेलले युवा खेलाडीलाई खेलकुदमा आकर्षित गर्न र विद्यालयबीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतियोगिता आयोजना गरिएको बताउदै प्रतियोगिताबाट प्रतिभावान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

दुवै समूहको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई गिफ्ट भौचर प्रदान गरिने छ ।

तीनदिने प्रतियोगिताका खेलहरु सिनामंगलस्थित आयोजककै कोर्टमा खेलाइने छ । पत्रकार सम्मेलनमा एसका सहायक प्रोग्राम म्यानेजर सविन पाठक र प्रशासकीय अधिकृत आशिष न्यौपानेले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?