कांग्रेस संसदीय दलबाट प्रमुख दलहरुबीच भएको सहमति अनुमोदन

लोकपथ
763
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन गर्न बन्ने संसदीय समिति बनाउने सहमति अनुमोदन गरेको छ ।

बानेश्वरस्थित संसद भवन परिसरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रमुख दलहरुबीच भएको सहमतिलाई अनुमोदन गरेको हो ।

अहिले कार्यादेशलाई अन्तिम रुप दिनका लागि गठित कार्यदलको बैठक कानुन मन्त्रालयमा बसिरहेको छ।

साथै आजै ४ बजे बस्ने संसद बैठकले कार्यादेशसहित संसदीय समिति बनाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?