सशस्त्र प्रहरीद्वारा जनकपुरबाट २१ सय किलो काजु र ५४० किलो किसमिस बरामद

लोकपथ
1.2k
Shares

जनकपुर । सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाले सोमबार साँझ ठूलो परिमाणमा काजु र किसमिस बोकेको ट्रक नियन्त्रणमा लिएको छ ।जनकपुर उपमहानगरपालिका–१ स्थित सीता चोक एरियाबाट सो सामान नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेक्वा धनुषा मातहतको सुरक्षा बेश जनकपुरबाट सशस्त्र प्रहरी निरीक्षक उमेशकुमार कार्कीको कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोली र जनकपुर भन्सार कार्यालयबाट अधिकृत रविनलाल दासको कमाण्डमा खटिएको ५ जनाको संयुक्त टोलीले मधेश प्रदेश ०४–००१ख ०१७१ नम्बरको ट्रकमा राखेर भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको दुई हजार एक सय किलो काजु र ५४० किलो किसमिस बरामद गरेको हो । बरामद काजु र किसमिस २३ लाख २६ हजार रुपैयाँबराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको ट्रकको मूल्य ३२ लाख २४ हजार रुपैयाँ कायम गरिएको छ ।

बरामद काजु, किस्मिस र ट्रक जनकपुर भन्सार कार्यालय धनुषामा भन्सार दाखिला गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?