यसकारण काठमाडौं ५ मा प्रकाशशरण महत बलिया उम्मेदवार

काठमाडौं । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाश शरण महत प्रतिनिधिसभा उम्मेदवार बन्ने भएका छन् नेपाली कांग्रेसका प्रभावशाली नेता महत नै उम्मेदवार बन्ने भएपछि काठमाडौं ५ को भीडन्त रोचक बन्ने भएको छ । एमालेले सो क्षेत्रबाट एमाले महासचिव इश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ एमाले र माओवादीबीचको गठबन्धन भएपछि महत निकै बलिया देखिएका छन् । प्रजातान्त्रिक पृष्ठभूमिका मतदाताको काठमाडौं ५ मा बाहुल्यता रहेको ठानिन्छ । उसो त एमालेका महासचिव भएपनि पोखरेलको सो क्षेत्रमा प्रभाव नरहेको तथा विगतमा पनि क्षेत्रबाट हार बेहोरेका थिए गत संविधानसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता नरहरि आचार्यले सो क्षेत्रबाट विजय हासिल गरेका थिए । तर आचार्यको स्वास्थ्य अवस्था ठीक नभएपछि महतलाई सो स्थानबाट उठाइएको कांग्रेसी नेताहरु बताउँछन् नुवाकोटका महत लामो समयदेखि काठमाडौंको स्थायी बासी हुन् भने क्षेत्र नम्बर ५ का जनतासँग हरतरहले नजिक छन् । उनको जनतासँग निकटताकै कारण जीत सुनिस्चित भएको नेताहरु बताइन्छ । यद्यपी वाम गठबन्धन मिलेका कारण उनको प्रतिस्पर्धा भने कडा हुने देखिएको छ यसअघि महत पहिलो र दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट सभासद भएका थिएयद्यपी हालसम्म संसदीय चुनाव नलडेका उनको यो पहिलो लडाईँ हो । उनी पनि २०६१ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए। त्यस्तै, २०६६ सालमा गठन भएको माधव नेपाल नेतृत्वको सरकारमा उर्जा मन्त्री बनेका थिए। पछिल्लो पटक २०७३ सालमा प्रचण्ड नेतृत्वको सरकारमा उनी परराष्ट्र मन्त्री बनेका उनी कुनै बेला राष्ट्रिय योजना आयोगका सदस्य समेत भएका थिएदेउवा नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन भएपछि त्यता लागेका उनी पार्टी एकतापछि निरन्तर नेपाली काँग्रेसको केन्द्रीय सदस्य छन् । उनी हालै गठन भएको कांग्रेसको सबैभन्दा बलियो निकाय संसदिय बोर्डको सदस्य समेत हुन् को हुन् महतका प्रतिद्धन्द्धी इश्वर ?एमालेका महासचिव पोखरेल पहिलो र दोस्रो संविधानसभाको चुनावमा दुवै पटक यसै क्षेत्रबाट पराजित भएका थिए। उनी दुवैपटक नेपाली कांग्रेसका उम्मेदवार नरहरि आचार्यसँग पराजित भएका हुन् । पहिलो पटक ४ हजार १ सय २५ र दोस्रो पटक ६ सय ४० मतान्तरले पछि परेका थिए२०६१ सालमा गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारमा पोखरेल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए। यसो त उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा १३ दिने उपप्रधानमन्त्रीसमेत बनेका थिए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?