सहकारी ठगी प्रकरण : प्रधानमन्त्रीसँग छलफलका लागि कांंग्रेस नेताहरु बालुवाटारमा

लोकपथ
259
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्दैछन्। केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुने लागेको हो।

आज सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकपछि कांग्रेस नेताहरु बालुवाटारको छलफलका लागि निस्किएका हुन् ।

आजको बूढानिलकण्ठ बैठकमा सहकारी ठगी प्रकरणमा आफूहरुले उठाएको मागबारे सहमति नभए भोलि बजेट पेस हुँदा समेत अवरोध गर्ने निर्णय कांग्रेसले गरेको छ।

आज बिहान पनि बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल भएको थियो तर वार्ता निष्कर्षविहीन भएपछि पुनः बैठक बस्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?