गर्मीमा प्याज खानुका फाइदैफाइदा

लोकपथ
889
Shares


काठमाडौं । प्याज हाम्रो भान्सामा सजिलै पाइने तरकारी हो । प्याजलाई हामी तरकारी पकाएर र सलाद दुबै तरिकाले सेवन गर्ने गर्छौै । गर्मीमा प्याजको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक रहन्छ । त्यसैले गर्मीका दिनहरुमा प्याजलाई अमृत समान मानिन्छ ।

स्वास्थ्य विज्ञका अनुसार दिनँहु १–२ वटा प्याजको सेवन गर्नाले धेरै स्वास्थ्य समस्यालाई नियन्त्रण गर्न सकिन्छ । यसमा भिटामिन ए, भिटामिन बि–६, भिटामिन बि–कम्प्लेक्स र भिटामिन सि पाइन्छ । यसको साथै प्याजमा एन्टि इन्फ्लेमेटरी, एन्टि एलर्जी र एन्टि अक्सिडेन्ट गुणहरु भरपूर मात्रामा पाइन्छ । गर्मीमा प्याज खानुका केही फाइदा यस्ता छन् ।

लू बाट बचाउँछ
लू लाग्ने र गर्मीको कारणले हुने अन्य समस्याको लागि प्याजको सेवन लाभदायक हुन्छ । दिनहँु खानामा प्याजलाई समावेश गर्दा र बाहिर जाँदा एउटा सानो प्याज बोकेर जाने हो भने गर्मीको प्रकोपबाट बच्न सकिन्छ ।
गर्मीमा काँचो प्याजको सेवनले तापक्रम बढ्दा पनि स्वास्थ्य सुरक्षित रहन्छ । यसले गर्मी स्ट्रोक जस्तो समस्यालाई रोक्न सक्छ र लू बाट बचाउन सक्छ ।

शरीरलाई चिसो बनाउँछ
गर्मीमा चर्को घाम र तातो हावा चल्ने भएकाले विज्ञहरुले काँचो प्याजलाई आहारमा समावेश गर्ने सल्लाह दिने गरेका छन् । धेरै गुणहरुले भरिपूर्ण प्याजले गर्मी मौसममा शरीरलाई चिसो बनाउने काम गर्छ र यसले शरीरलाई सुरक्षित बनाइराख्छ ।

प्रतिरक्षा क्षमता बढाउँछ
शरीरको रोगप्रतिरोधक क्षमता बढाउनका लागि प्याज निकै फाइदाजनक रहन्छ । प्याजमा एन्टि अक्सिडेन्ट र एन्टी कार्सियोजेनिक जस्ता गुणहरु पाइन्छन् । त्यसकारण प्याजलाई सामान्य औषधीका रुपमा समेत लिइन्छ । प्याजमा सेलेनियम नामक तत्व रहेको हुन्छ । जसले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ । साथै शरीरलाई रोगहरुबाट टाढा राख्न मद्दत गर्छ ।

पाचन प्रणालीमा सुधार
स्वास्थ्य विज्ञका अनुसार गर्मीमा प्याजको सेवन एकदमै प्रभावकारी रहने र अपच जस्ता समस्या कम हुने गर्छ । काँचो प्याज र कागतीको रसको सलादको सेवनले पाचन प्रणालीमा सुधार आउने गर्छ र पेटमा समस्या आउँदैन ।

चिनीको स्तर कायमै
गर्मी मौसममा मधुमेह रोगीका लागि काँचो प्याजको सेवन फाइदाजनक हुन सक्छ । यसले चिनीको मात्रा कायमै राख्न मद्दत गर्छ । यसमा सल्फर र क्वेर्सिटिन जस्ता एन्टि–डायबेटिक यौगिकहरु पहिले नै पाइने भएकाले यसले ब्लड सुगरलाई कायमै राख्न सक्छ ।

क्यान्सरको जोखिमबाट बचाउँछ
क्यान्सर जस्तो रोगबाट बच्नका लागि प्याज एक अद्भुत औषधी हो । प्याजमा एन्टि अक्सिडेन्ट र भिटामिन सि भरपूर मात्रामा पाइन्छ । जसले क्यान्सरलाई रोकथाम गर्न मद्दत गर्छ ।

स्वास सम्बन्धी रोग
सास सम्बन्धी रोगको लागि पनि प्याज निकै फाइदाजनक रहन्छ । साथै जोर्नीसँग सम्बन्धित रोगको उपचारमा पनि प्याजको प्रयोग गरिन्छ । भुटेको प्याजको सेवनले पनि धेरै रोगहरुबाट छुट्कारा मिल्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?