कैलाश सिरोहियालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति

लोकपथ
602
Shares

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिएको छ।

नागरिकता प्रकरणमा पक्राउ परेका सिरोहियालाई केहीबेरअघि प्रहरीले जिल्ला अदालत धनुषा लगेको हो।

दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद आज सकिने भएकाले उनलाई तेस्रो पटक म्याद थप गर्न जिल्ला अदालतमा उपस्थित गराइएको हो।

नागरिकता सम्बन्धी कसुरमा सिरोहिया गत मंगलबार पक्राउ परेका हुन्। बुधबार अदालतमा उपस्थित गराइएका यसअघि अदालतले दुई पटकमा ६ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?