सन्दीप भन्छन् – ‘मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी छु’

लोकपथ
868
Shares

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने तयारी गरिरहँदा नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने भने भिसाको कारणले नेपालमै रोकिएका छन् ।

पहिलोपटक विश्वकप खेल्ने सपना देखिरहेका सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत आज एक स्टाटस लेख्दै आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छन्, मेरो सपना पूरा नभए पनि के कुरामा खुशी छु भने देशको सपना पूरा भएको छ ।’

यसअघि नेपाली टिम अमेरिका प्रस्थान गर्दा अदालतमा मुद्दा विचाराधिन रहेकाले उनको प्रक्रिया अघि बढेको थिएन । उच्च अदालतबाट सफाइ पाएपछि २०२५ सम्मको पहिलाको भिसा भएकै कारण क्यानले टिकट समेत व्यवस्था गरि सकेको थियो भने उनको जर्सी लगायतका कुराहरु प्रिन्ट पनि भइसकेका थिए ।

फिटनेस टेस्टसमेत दिएका सन्दीप खेल्नलाई योग्य भनेर जाने तयारी गर्दा अघिल्लो दिनमात्रै उनको एक वर्ष अघि भिसा रद्द भएको इमेल पाएका थिए । त्यसपछि प्रक्रिया पूरा गरेर अन्र्तवार्ता दिन गएका सन्दीपलाई अमेरिकी दूतावासले भिसा रिजेक्ट गरेको थियो । भिसा रिजेक्ट भएपछि अहिले क्यानका पदाधिकारीहरुले सन्दीपलाई खेल्न पठाउने या नपठाउने जिम्मा नेपाल सरकारको रहेको अभिव्यक्ति दिएका छन् ।

यदि सरकारले कुटनीतिक नोट बनाएर दूतावासमा पठाएमा सन्दीप खेल्न जान पाउने छन् । तर, अहिलेसम्म कुटनीतिक नोट तयार भने भएको छैन । सामान्य पत्र तयार भए पनि उक्त पत्रका आधारमा भिसा दिन नसकिने संकेत दूतावासले गरि सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?