‘मलाई मन परेको मान्छे’ अन्जु र दीपकको नयाँ कोशेली

लोकपथ
238
Shares

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्त र गायक दीपक चौलागाईले ‘मलाई मन परेको मान्छे’ बोलको गीतको अडियो सार्वजनिक गरेका छन् ।

पछिल्लो समय भिडियो रिलिज गर्ने परिपाटी चलिरहेको भएतापनि निर्माण युनिटले आइतबार एक प्रेस मिटको आयोजना गर्दै गायक चौलागाई र गायिका पन्तले गीतको अडियो सार्वजनिक गरेका हुन् । केही समयपछि भिडियोको निर्माण गरिने जानकारी दिँदै गायिका पन्तले पत्रकार सम्मेलनमा प्रोफेसर समेत रहेका गायक चौलागाईको गायकीको तारिफ समेत गरिन ।

अर्को साता कार्यक्रमका लागि दुबई हुँदै अमेरिका जान लागेकी गायिका पन्तको साथ र सहयोगले आफूमा थप हौसला र उर्जा भरिएको दीपकले बताए । जगत चिरुवाको शब्द संगीत रहेको  ‘मलाई मन परेको मान्छे’को एरेन्ज चर्चित संगीतकार विशाल निरौलाले गरेका हुन् । भिडियो केही समयमा नै छायांकन गरिने गायक चौलागाईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?