गण्डकी मुख्यमन्त्री अधिकारी विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने

लोकपथ
231
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी विरुद्धको मुद्दामा बहस सकिएको छ ।

मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक रहेको भन्दै निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दिएका थिए ।

दुवै पक्षको बहस सकिएर जवाफी बहस पनि सकिएको छ । बहस सकिएपछि न्यायाधीशहरू फैसलाको तयारीमा जुटेका छन्।

यसअघि ‘हेर्दाहेर्दै’ मा राखिएको उक्त रिटको सुनुवाइ आज सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा परेको थियोे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?